५० प्रतिशत शुल्क घट्ने गरी पाणिनीको ताला खुल्यो - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

५० प्रतिशत शुल्क घट्ने गरी पाणिनीको ताला खुल्यो



सन्धिखर्क, १ पुस ।

 पाणिनि क्याम्पसमा लागेको ताला शनिबार बेलुका खुलेको छ । विहिबार लागेको ताला शनिबार क्याम्पस र स्ववियुको बैठक बसी समस्याको समाधान गरी ताला खुलेको छ ।

क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्री, प्रध्यापक संघका सभापति रामलाल भुसाल, प्रशासन प्रमुख माधव आचार्य र स्ववियुसँग बैठक बसी ताला खोलीएको हो ।

स्ववियुले ५५० बाट ८५० बढेकोमा शुल्क घटाउँनुपर्ने माग राखेको थियो । स्ववियुले तालाबन्दी गरेसँगै ८५० बाट घटाई ७०० शुल्क सहमतीमा कायम भएको कोषाध्यक्ष घनश्याम पौडेलले जानकारी दिए । बैठकमा स्ववियु सभापति लक्ष्मण खड्का, उपसभापति श्रृजन भुसाल लगाएतको उपस्थित रहेको थियो ।