पानीको समस्या अन्त्यकालागी कर्णाली र महाकालीलाई चौमालामा जोडिदै : संघिय सांसद भट्ट - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

पानीको समस्या अन्त्यकालागी कर्णाली र महाकालीलाई चौमालामा जोडिदै : संघिय सांसद भट्ट



विशाल पाण्डेय / सुखड,कैलाली ।
पुर्ब मन्त्रि तथा संघिय सांसद लेखराज भट्टले सुदुर पश्चिम् प्रदेशमा जताततै पानीको समस्या भएको हुँदा दीर्घकालिन रुपमा समाधान गर्नका लागि सरकारले कर्णाली र महाकाली नदिको पानी चौमालामा जोड्ने योजना बनाएको बताए ।

सोमबार कैलालीको घोडाघोडी नगरपालिका १ मा सुखड – दरख खानेपानी उपभोक्ता तथा सरसफाइ समितीले आयोजना गरेको माघी मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख अथितिको आसनबाट बोल्दै संघीय सांसद भट्टले कर्णालीको पानी चौमाला र महाकालीको पानी पनि चौमालासम्म पुर्‍याइ दुई नदिको पानी जोड्ने अध्ययन भइरहेको र वल्ड बैंकसंग सहमति समेत भएको बताएका छन् । उनले भने , ‘ कर्णालीको पानी चौमालासम्म र महाकालीको पानी पनि चौमालासम्म पुर्‍याएर पानीको प्रशोधन गरि कैलाली र कञ्चनपुरको जनताको घरघरमा पुर्‍याउने योजना लगभग अन्तिम चरणमा पुगेको छ ।”

शिक्षा, स्वास्थ्य र रोजगारी अहिलेको सरकारको मुख्य प्राथामिकतामा रहेको बताउदै संघीय सांसद भट्टले नेपालले छिमेकी मुलुक चीन र भारतसंग भएको अविश्वासको अन्त गरि सम्बन्धलाई नविकरण गरि सरकारले अर्को महत्त्वपूर्ण कार्य गरेको बताए । सांसद भट्टले सुदुर पश्चिम् प्रदेशमा विभिन्न किसिमका योजनाहरु परेपनी जनशक्तिको अभावले जुन गतिमा कार्यान्वयन गर्न पर्ने हो त्यो नभएको बताए । साथै संघीय सांसद भट्टले सम्पुर्णमा माघिको शुभकामना दिदै सुखड- दरख खानेपानी आयोजनाका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

त्यस्तै कार्यक्रममा बोल्दै पुर्व प्रदेश सामाजिक बिकास मन्त्रि तथा सांसद दिर्घ सोडारीले संसारभरिको सबैभन्दा ठूलो मुद्दा भनेको खानेपानीकै रहेको बताए । स्वस्थ खानेपानी नपाएकै कारण संसारमा लाखौले ज्यान गुमाउनु परेको बताउदै शुद्ध खानेपानिका लागि पहल गरीरहेको बताए ।

यस्तै कार्यक्रममा बोल्दै प्रदेश सांसद अमर साउदले घोडाघोडी नगरपालिकामा खानेपानीका धेरै आयोजनाहरु भएपनी कम बजेट विनियोजनाको कारण अलपत्र परेको बताए । उनले भने , ‘ कुनै पनि आयोजनाहरुको स्थानिय,प्रदेश र संघिय सरकारले जिमा लिएर काम गरेमात्र उक्त आयोजना सफल हुने र घोडाघोडी नपाका ७०/८० प्रतिशतका क्षेत्रमा सेवा दिन सकिन्छ ।’ साथै संस्थाका पुर्व अध्यक्ष समेत रहेका साउदले ऋणमा रहेको अयोजनालाई अगाडि बढाउन सधै लागिपर्ने बताए ।

कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले नगर बासीलाई शुद्ध खानेपानीको लागि नगरको तर्फबाट गर्नुपर्ने कामहरु पूरा गर्ने बताउदै नगरपालिकाका विभिन्न वडाहरुमा खानेपानीको धेरै नै समस्या भएकोले प्रदेश र केन्द सरकारले ठूलो मात्रामा बजेट छुट्याउन आग्रह गरे ।

सुखड -दरख खानेपानि उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष निरज मल्लको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता , संघसंस्थाका प्रतिनिधि लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका उपाध्यक्ष तिलक प्रसाद भट्टराईको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमको संचालन सुखड – दरख खानेपानि तथा सरसफाइ समितिका सचिब टेकराज आचार्यले गरेका थिए ।