कोरोना भाइरस देखिएपछि ७ हजार यात्रुलाई जहाजमै थुनियो - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

कोरोना भाइरस देखिएपछि ७ हजार यात्रुलाई जहाजमै थुनियो



इटाली– इटालीमा कोरोना भाइरसको त्रासका कारण ७ हजार यात्रु पानी जहाजमै थुनिनु परेको छ ।

इटलीको एउटा क्रुज पानी जहाजबाट राजधानी रोम नजिकै सिभिटाभेसिया बन्दरगाहमा उत्रिन लागेका यात्रु कोरोना भाइरसको त्रासले पानीजहाजभित्रै थुनिनु परेको जनाइएको छ ।

जहाजमा सवार यात्रुमध्ये एक जना चिनियाँ महिलालाई कोरोनाभाइरसको लक्षण देखिएपछि यात्रुलाई जहाजबाट उत्रिन दिइएको थिएन ।

यद्यपि बिहीबार अबेर राती घण्टौं पछि ती बिरामीलाई देखिएको लक्षण कोरोनाभाइरस नभएको पुष्टि भएको थियो । जहाजमा ६ हजार यात्रु र १ हजार चालक दलका सदस्य थिए ।

जहाजमा भएकामध्ये एक महिलालाई कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि ती बिरामीबाट संकलित नमूना परीक्षणका ल्याबमा पठाइएको थियो ।

परीक्षणको नतिजा नआउँदासम्म सबै यात्रुलाई जहाजबाट बाहिर निस्कन अनुमति दिइएको थिएन । कोस्टा क्रोसिएरे कम्पनीको जहाज कोस्टा स्मेराल्डा २५ जनवरीमा उत्तर पश्चिम इटलीको पोर्ट अफ साभोनाबाट हिँडेको थियो ।

शंका गरिएकी बिरामी ५४ वर्षकी चिनियाँ महिला थिइन् । साभोनाबाट हिँडेको कोस्टा स्मेराल्डा फ्रान्सको मार्सेइले, स्पेनको बार्सिलोना, स्पेनकै पाल्मा टापु हुँदै इटलीको सिभिटाभेसिला पुगेको थियो ।