डा. भट्टराईले प्रचण्डलाई 'पानीआन्द्रे' भनेपछि... - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

डा. भट्टराईले प्रचण्डलाई ‘पानीआन्द्रे’ भनेपछि…



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले आफ्ना पूर्वसहयात्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीका अगाडी झुकेको आरोप लगाएका छन् । उनले प्रचण्डको हर्कत देख्दा जनयुद्धको नायक नै हुन् कि होइनन भन्नेमा शंका लागेको बताएका छन् ।

भट्टराईले ओलीको अडानसामु प्रचण्ड निरीह भएको दाबी गर्दे भट्टराईले त्यसलाई ‘पानीआन्द्रे हर्कत’को संज्ञा दिएका छन् । प्रचण्डले प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा आलीलाई स्वेच्छाले पद छोडेर निकास दिन आग्रह गरेको समाचार बाहिर आएपछि भट्टराईको यस्तो अभिव्यक्ति आएको हो ।

डा. भट्टराईले प्रचण्डको निरीहताले उनी जनयुद्धको नायक हुन् भन्नेमा समेत शंका लाग्न थालेका बताएका छन् ।

उनले लेखेका छन्:

‘पद स्वेच्छाले छाडेर निकास दिन आग्रह रे ! भोलि ओलीका चरणमा धुपबत्ती गर्ने हो कि ! ओली बरू आफ्नो निरंकुशर फासिष्ट सोच र अडानमा दृढ देखिए’ भट्टराईले हालै ट्विट गर्दै भनेका छन्, ‘लुई चौधौंले आइ एम द स्टेट भने झैं ओली हाकाहाकी आइ एम द पार्टी भनिरका छन् । तर, प्रचण्डको पानीआन्द्रे हर्कत देख्दा यी जनयुद्धकै नायक हुन् त ? शंकै लाग्यो !’