पाँच दिनदेखि जारी सप्तरी बन्द फिर्ता - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

पाँच दिनदेखि जारी सप्तरी बन्द फिर्ता



राजविराज (सप्तरी), फागुन २९ गते ।

आफ्ना कार्याकर्ताको हत्या भएको विरोधमा विगत पाँच दिनदेखि जारी सप्तरी बन्द मधेशी मोर्चाले शनिबार साँझबाट फिर्ता लिएको छ ।

गत सोमबार नेकपा (एमाले)को मेची–महाकाली अभियान कार्यक्रमअन्तर्गत सप्तरीको राजविराज–रूपनी सडकखण्डअन्तर्गत बसबिटी गाविसस्थित गजेन्द्र नारायणसिंह औद्योगिक क्षेत्रमा मोर्चाको विरोध कार्यक्रममा प्रहरीको गोली लागेर मोर्चाका पाँच कार्यकर्ताको मृत्यु भएको थियो ।

प्रहरीको गोली लागेर मृत्यु भएकालाई शहीद घोषणा, उनीहरूका परिवारलाई क्षतिपूर्ति, परिवारको एक सदस्यलाई सरकारी जागिर र घाइतेको उपचार राज्यले बेहोर्नुपर्नेलगायत मागमा स्थानीय प्रशासनले सहमति जनाएपछि बन्द फिर्ता लिइएको मोर्चाले जनाएको छ ।
आक्रोशमा उत्रिएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कार्यकर्ताले जिल्लाको विभिन्न ठाउँमा तोडफोड गरेका थिए ।

उनीहरूले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको राजविराज–९ स्थित घरमा तोडफोड, व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाको राजविराज–९ स्थित सम्पर्क कार्यालयमा समेत तोडफोड गरेका थिए ।