स्याङजाका काँग्रेस सभापति पंगेनीको निधन ! - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

स्याङजाका काँग्रेस सभापति पंगेनीको निधन !



स्याङजा। नेपाली काँग्रेस स्याङजाका सभापति कमल पँगेनीको निधन भएको छ। हृदयघातका कारण पँगेनीको मृत्यु भएको हो। भिरकोट नगरपालिका १ स्थित कालिका अस्पतालमा उनको निधन भएको हो। नेपाली काँग्रेसका तर्फबाट  २०७० सालमा संविधान सभा सदस्य समेत भएका पँगेनी वहालवाला काँग्रेस सभापति थिए। उनी यसअघी पनि काँग्रेस सभापति रहेका थिए। पँगेनीको निधनको खबरले स्याङजा काँग्रेस शोकमा डुबेको छ।

अस्पतालमा पार्टीका नेता कार्यकर्ता र आफन्तहरु पुगेका छन्। श्रीमती एक १ छोरा १ छोरी रहेका छन्। पँगेनीको अन्तिम संस्कारका लागि नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठ स्याङजा पुग्दै छन्। गएराती आफ्नो घर पुगेका पँगेनी खानपिन पछि सुतेकै अवस्थामा विहान गम्भिर अवस्थामा भेटिएपछि अस्पताल पुर्याउदा उनको निधन भएको हो। चिकित्सकहरुले उनको मृत्यु हृदयघातका कारण भएको बताएका छन्।