१५ दिन लगातार निषेधाज्ञा गर्ने सरकारको निर्णय - Himal Post Himal Post
  • २१ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 5 2025
Logo

१५ दिन लगातार निषेधाज्ञा गर्ने सरकारको निर्णय



काठमाडौ- सरकारले राजधानीका तीन जिल्लामा एक साता होइन, लगातार १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको निर्णय सच्याउँदै निषेधाज्ञा १५ दिन गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । राजधानीमा संक्रमण ह्वात्तै बढेको र यो नियन्त्रण बाहिर जानसक्ने भन्दै मन्त्रिपरिषद्ले यस्तो निर्णय गर्तेको हो ।

अहिलेको अवस्थालाई नियन्त्रणमा लिन कम्तिमा पनि १५ दिनको समय आवश्यक पर्ने भन्दै मन्त्रिपरिषदले १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

काठमाडौँ, भत्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले १६ बैशाखदेखि २२ बैशाखसम्म एक साता निषेधाज्ञाको निर्णय गरेका थिए । मन्त्रिपरिषदले भने १६ बैशाखदेखि बैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

सरकारले बैशाख मसान्तपछि आवश्यक पर्दा निषेधज्ञाको म्याद थप गर्दै जान सकिने निर्णय गरेको छ । निषेधाज्ञाको समयमा गर्न पाइने र नपाईने विषयहरुलाई भने यथावत राखेको छ ।