प्रदेश ५ को राजधानी कपिलवस्तु नै ठिक: नवनिर्वाचित सांसद । - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रदेश ५ को राजधानी कपिलवस्तु नै ठिक: नवनिर्वाचित सांसद ।



५ नम्बर प्रदेशको राजधानी कपिलवस्तु बनाउन विगत केही समय देखि सङ्घर्ष गर्दै आएको कपिलवस्तु युवा सङ्घर्ष समितिको आयोजनामा आज सदरमुकाम तौलिहवामा ५ नम्बर प्रदेशको राजधानी कपिलवस्तु नै किन हुनुपर्छ भन्ने सन्दर्भमा आयोजित अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद चक्रपाणी खनाल “बलदेव” ,क्षेत्र नम्बर २ काबाट निर्वाचित सांसद बृजेश कुमार गुप्ता लगायत ,कपिलवस्तु जिल्ला बाट प्रदेश सभामा निर्वाचित प्रदेश सदस्यहरू क्रमशः दिर्घनारायण पाण्डे ,अर्जुन केसी,धर्मबहादुर लाल श्रीवास्तव ,सहसराम यादव ,नगर/गाउँपालिका का प्रमुख/उपप्रमुख लगायत ,विभिन्न राजनीतिक दलका प्रतिनिधि ,पत्रकार ,व्यवसायी ,बौद्धिक वर्ग ,युवा विद्यार्थी सङ्गठनका प्रतिनिधि हरुको उपस्थित रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि बलदेवले कपिलवस्तु लाई ५ नम्बर प्रदेशको राजधानी २ तिहाइ बाट मात्र होइन सर्वसहमतीबाट हुनुपर्ने बताए  । कपिलवस्तुले नेपाललाई संसारमै चिनाएको बताउँदै कपिलवस्तु ऐतिहासिक ,पुरातात्त्विक हिसाबले पनि भरिपूर्ण जिल्ला भएकोले ५ नम्बर प्रदेशको राजधानी कपिलवस्तुको विकल्प नभएको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि बृजेश कुमार गुप्ताले कपिलवस्तुलाई नेपालका शासक हरुले इतिहास देखि नै उपक्षा गर्दै आएकोले त्यसको क्षतिपूर्ति तिर्न पनि कपिलवस्तु लाई राजधानी बनाउनु पर्ने बताउनु भयो साथै कपिलवस्तु क्षेत्र नम्बर १ को २ बाट निर्वाचित प्रदेश सदस्य सहसराम यादवले आफ्नो पार्टीबाट प्रदेश सभामा सहभागी हुने सम्पूर्ण प्रदेश सदस्यहरूले कपिलवस्तुलाई राजधानी बनाउन मतदान गर्ने बताए  ।