पाँच नम्बर प्रदेशको राजधानी तोक्नुपर्ने भन्दै दाङमा अनिश्चितकालीन बन्दको घोषणा
दाङ । दाङ जिल्लालाई पाँच नम्बर प्रदेशको राजधानी तोकिनुपर्ने मागसहित जिल्ला बन्दको कार्यक्रम घोषणा गरिएको छ । तुलसीपुरमा आजै हजारौं जनता सडकमा आएर प्रदर्शन गर्नुका साथै सडकमा टायर बालेका छन् ।
दाङ प्रादेशिक राजधानी सरोकार समितिले भोलि बुधबारदेखि अनिश्चितकालीन आमहडताल गर्ने निर्णय गरेको सदस्य सचिब सबिन प्रियासनले जानकारी दिए । माघ ३ गतेदेखि शुरु हुने आमहडतालकै क्रममा भोलि बुधवार बिहान ८ बजेदेखि विशाल दवाव र्यालीको आयोजना पनि गरिएको छ ।
सिखर न्युजको सहयोगमा