५ नं. प्रदेशको राजधानी कपिलवस्तु नै किन ?
-कमल बन्जाडे
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भए पश्चात् सम्पन्न पहिलो प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनसँगै अब देश सङ्घीयतामा प्रवेश गरिसकेको छ । निर्वाचन सम्पन्न भएसँगै अब देशले निकास पाएको र संविधान कार्यान्वयन भएको भनेर धेरै जनताले बुझ्न थालेका छन् तर गहिरिएर सोच्ने हो भने देश अब झन् ठुलो समस्यामा प्रवेश गरेको हो कि भन्ने शङ्का पनि उत्पन्न हुन लागेको छ ।
समस्या यस अर्थमा कि अब आउने चुनौतीहरू हाम्रा लागि बिल्कुल नयाँ र हाम्रा कुनै पनि नेता तथा प्रशाशकसंग अनुभव नभएका किसिमका छन् । त्यस्तै उदाहरणका लागि मान्नेहो भने ५ नं. प्रदेश राजधानी कहाँ राख्ने प्रदेशको नाम के राख्ने स्थानीय स्रोत र साधनको परिचालन कसरी गर्ने । त्यस्तै कार्यक्षेत्रको अन्तरद्वन्द्व, अन्तरप्रादेशिक जस्ता धेरै चुनौती हरू छन् ।
यस्ता चुनौतीहरू मध्ये कतिपय कुरालाई हाम्रो संविधानले सम्बोधन गरेको त छ तर विगत हेर्ने हो भने हाम्रो संविधान एक जना कानुन व्यवसायी कै शब्दमा भन्ने हो भने ‘लाटाको धोती जस्तो’ साबित भएको छ अर्थात् एकापट्टी छोप्यो अर्कोपट्टिबाट अङ्ग देखिने।
समस्याकै सन्दर्भमा अहिले देखिएको प्रदेश न.५ को राजधानी विवादलाई लिऊँ । बर्दिया, बाँके,रोल्पा,रुकुम पूर्व,प्युठान दाङ्ग, गुल्मी,अर्घाखाँची,कपिलवस्तु रुपन्देही,नवलपरासी पश्चिम, पाल्पा, जिल्लाहरू प्रदेश नं ५ पर्दछन् । ऐतिहासिक पुरातात्तीक सास्कृती रूपले भरिपूर्ण, फराकीलो खाली भूभाग, बुद्ध स्थल, भगवान् गौतव बुद्धको राजधानीको रूपमा विश्व भरि परिचित, खानेपानी देखि लिएर सबै कुरा ले भरिपूर्ण, सुन्दरताको दृष्टि ले हेर्दा सबै जिल्लाको केन्द्रबिन्दु भएकोले यो क्षेत्रको राजधानी कपिलवस्तुमा नै बनाउँदा यस प्रदेशका सबै जनता लाई उत्तम हुने हो तर हाल यसलाई जिम्मेवार पदका नेताहरूबाटै कसैले बुटवल त कसैले दाङ राजधानी बनाउनु पर्छ भनेर जानाजान विवादित तुल्याइँदै छ ।
सङ्घीयताका आधार नेताहरूको व्यक्तिगत स्वार्थ अर्थात् आफ्नो राजनैतिक भविष्य सुनिश्चिततताको आधार बनाउनका लागी कसैले बुटवल त कसैले दाङ भनेर जनतालाई भर्म छर्ने काम मात्र भएको छ । तसर्थ देशकै राजधानी बनाउने हो भने पनि स्पेस अभावका कारण अहिले काठमाडौँले भोग्नु परेको समस्या कपिलवस्तुले भोग्नु पर्ने देखिँदैन । सबै जिल्ला हरूको अति उप्युक्क्त ठाउँ सबैलाई पायक पर्ने सबै जिल्लाहरूको केन्द्रबिन्दुमा अवस्थित रहेको हुँदा यो जिल्ला ५ नं. प्रदेश राजधानीको एक मात्र उपयुक्क्त जिल्ला हो । प्रदेश राजधानीको अवसर पाएको खण्डमा पर्यटनको प्रयाप्त सम्भावना बोकेको जिल्ला हो कपिलवस्तु ।
बुटवल र दाङ राजधानी भए के हुन्छ ?
दाङ राजधानी भए यो सिधा नजरमै अश्वाभाविक देखिन्छ किनभने प्रदेश नं. ५ को भूभाग नवलपरासी, पाल्पा, गुल्मी बाट दाङ लगभग ३०० किमी दुरी पार गर्नु पर्छ त्यस्तै बुटवल राजधानी भए बर्दिया,बाँके,पूर्वी रुकुम बाट बुटवल आउन करिब २८० किमीको दुरी पार गर्नु पर्छ त्यसैले दुवै जिल्लाको बिचमा पर्ने कपिलवस्तु लाई प्रदेश नं. ५ को राजधानी बनाउँदा सबै किसिमका विवादहरू पनि अन्त्य हाने ५ नं. प्रदेशका सबै जनतालाई पनि एकै किसिमको सुविधा उपल्वध हुने देखिन्छ । कतिपयको तर्क बुटवल र दाङ कपिलवस्तु भन्दा विकसित भएकोले बुटवल र दाङ मा एउटा राजधानी बन्नु पर्दछ भन्ने पनि सुनिन्छ । साथै सरकारले पनि कहाँ कहाँ पूर्वाधार तयारी अवस्थामा छ भनेर बुझ्न अध्ययन टोली फिल्डमा पठाएको भन्ने बुझिन्छ । यदि पहिले नै विकसित ठाउँलाई राजधानी बनाउने हो भने किन चाहियो त सङ्घीयता ?
यदि हामीहरूलाई देशका सम्पूर्ण भागको विकास चाहिएर सङ्घीयतामा प्रवेश गरेका छौँ भने अविकसित ठाउँमा राजधानी बनाउनु पर्ने हुन्छ । सरकारले पूर्वाधार खोज्ने होइन पूर्वाधार बनाउनतिर लाग्नुपर्ने देखिन्छ । नयाँ नेपालमा बल मिच्याँईको भरमा प्रदेश राजधानी जग्गा को भाउ बढाउन जग्गा दलालीहरुले आफ्नै आँगनमा राख्न थाले भने यो सङ्घीयता र यसको सीमांकन को कुनै अर्थ रहने छैन । भोलि यस्ता विवादले सङ्घीयता माथि नै ठुलो प्रश्न खडा हुन सक्छ त्यसैले ५ नं. प्रदेशको राजधानी कपिलवस्तु नै बन्ने वातावरण प्रदेशको पहिलो सभाले छिटै गरोस् ।