यी पाँच जिल्लामा बिहीबार सार्वजनिक विदा
काठमाडौँ- सरकारले (भोलि) बिहीबार पाँच जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिरुवा-पवानी पर्वको उपलक्ष्यमा सरकारले विदा दिने निर्णय गरेको हो ।
झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरीमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै राजपत्रमा प्रकाशित सूचना अनुसार नै २०७८ सालको सिरुवा–पावनी पर्व वैशाख २ गते बिहीबार पर्न गएकोले सो दिन पाँच जिल्लामा बिदा दिइएको जनाएको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार २०७८ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म वर्षभरिमा दिइने सार्वजनिक बिदा गत चैत्र ९ गतेको राजपत्रमा प्रकाशित गरेको थियो ।