विदेशी सहित पाँच विरामी टेकु अस्पतालमा भर्ना: कोरोनाको आशंका - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

विदेशी सहित पाँच विरामी टेकु अस्पतालमा भर्ना: कोरोनाको आशंका



काठमाडौं- कोरोनाको आशंकामा टेकु अस्पतालमा एक विदेशीसहित पाँच जना बिरामी भर्ना भएका छन् ।

कोरोनाको आंशकामा उनीहरुमध्ये चारजनालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालका निर्देशक सागर राजभण्डारीले बताए ।

उनीहरुको कोरोना परीक्षण रिपोर्ट बेलुका ८ बजेसम्म आउने बताइएको छ । आइसियुमा भर्ना हुने व्यक्ति बेलायतका नागरिक भएको अस्पतालले जनाएको छ।

टेकु अस्पतालले पाँच वटा आइसोलेसन र ५ आइसियु सञ्चालन गरिरहेको छ भने थप १० आइसियु बिस्तार गर्ने तयारी छ।