अनियमितताको तत्काल छानबिन गरौँ: पम्फा भुसाल - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

अनियमितताको तत्काल छानबिन गरौँ: पम्फा भुसाल



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसालले मेडिकल सामग्री खरिदका क्रममा अनियमितता भएको भए छानबिन हुनै पर्ने बताएकी छन् ।

चौतर्फी विवाद र आलोचनामा परेपछि २० प्रतिशत महँगोमा चीनबाट स्वास्थ्य सामग्री ल्याउने गरी गरेको ओम्‍नी समूहसँगको ठेक्का तोडेपछि भुसालले यसो भनेकी हुन्।

‘देशले महाविपत्तिको सामना गरिरहेको बेलामा अनियमितता भएको भए छानबिन त हुनैपर्छ’, उनले भनिन्, ‘त्यो भन्दा एक नम्बरको काम कोरोना भाइरसको जाँच र उपचारका लागि चाहिने स्वास्थ्य उपकरण लगायतका सामग्री यथासीघ्र खरिद गरेर ल्याउन जरुरी छ।’

उनले त्यसका लागि नेपाल सरकार अहिलेका लागि सबैभन्दा विश्वासनीय विधि सरकारले चीन सरकारबाट सीधै (जीटूजी) खरिद गर्नु राम्रो हुनेछ’, उनले भनेकी छन्, ‘यो विधिबाट सामग्री खरिद गर्दा छिटो र गुणात्मक हुनेछ।’