पाल्पाको रामपुरमा घाँटी रेटी एक जनाको विभत्स हत्या
पाल्पा । पाल्पाको रामपुर नगरपालिका-४ सदाबर्तस्थित जलदेवीस्थानमा धारिलो हतियारले घाँटी रेटी एक जनाको विभत्स हत्या भएको छ ।
आइतबार साँझ जलदेवीस्थानका अन्दाजी ५० वर्षीय भलबहादुर कुमालको हत्या भएको हो । प्रहरीले हत्या आरोपमा सोही स्थानका छिमेकी ४० वर्षीय मनोज थापालाई नियन्त्रणमा लिएको छ ।
दुई जनाको आपसी झगडाका कारण घटना भएको हुनसक्ने र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख (एसपी) विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

