पाल्पा पहिरो अपडेट: ४ ओटा गाडी भटिए, उद्धार हुँदै
बुटवल- पाल्पाको तानसेन-रिडी खण्डमा भिषण पहिरो जाँदा कैयौँ सवारी साधन बगाएको छ। पाल्पाको सदरमुकाम तानसेन देखि ७ किलोमिटर रिडी-तानसेन सडक खण्डको सम्मोबारी नजिकै पहिरो गएको हो ।
पहिरोले बगाएका ४ वटा सवारी साधन भेटिएका छन् भने २ जनाको शव भेटिएको छ । एक जनालाई उद्धार गरेर अस्पताल पठाइएको बताइएको छ ।
पहिरोले बगाएकामध्ये एउटा ट्यांकर, एउटा बोलेरो जीप, एउटा मिनी ट्रक र एउटा कार भटिएको प्रहरीले जनाएको छ । गाडीहरू कति पुरिएका छन् भन्ने एकिन छैन। उद्दारको काम चलिरहेको प्रहरीले जनाएको छ ।
पुरिएका गाडीमा कति मानिसहरु थिए भन्ने यकिन जानकारी आएको छैन। अहिले घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित उद्धारकर्मीहरु पुगेर उद्धारमा खटिएका छन् । घटनाबारे पूरा विवरण आउन बाँकी छ ।