पाल्पामा जिप दुर्घटना, उद्धारमा समस्या - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

पाल्पामा जिप दुर्घटना, उद्धारमा समस्या



पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेमा शनिबार साँझ जिप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा तानसेन नगरपालिका–१० का २५ वर्षीय विवेक पौडेल र टंक चलाउने रहेका छन्। चलाउनेको ठेगाना अझै खुल्न सकेको छैन।

ठिमुरेको नेटा बजारदेखि तानसेन आउँदै गरेको बा१च ८९७० नम्बरको टोयटा जिप धारदीगैरामा दुर्घटना भएको हो। गाडी सडकदेखि करीब ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

रिब्दीकोट गाउँपालिका–६, वडाध्यक्ष तुलबहादुर जिसीका अनुसार घटनास्थल निकै अप्ठ्यारो स्थानमा भएकाले उद्दारमा कठिनाई भएको छ। शनिबार साँझ उद्दार गर्न नसकिएकोले आज बिहान ५ बजेदेखि नै उद्धार कार्य जारी राखिएको उनले बताए। रासस

फाइल तस्विर