महान्यायाधीवक्ता बडालले भने: 'कार्कीले इजलास छाडेपछि उहाँहरु त पल्किनु भएछ।' - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

महान्यायाधीवक्ता बडालले भने: ‘कार्कीले इजलास छाडेपछि उहाँहरु त पल्किनु भएछ।’



काठमाडौं- संसद विघटनको मद्दाको जवाफी बहसमा महान्यायाधीवक्ता रमेश बडालले अधिवक्ताहरूको जवाफ दिइरहेका छन् । बहसमा उठेका प्रश्नको वावाफ दिन उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले एक घण्टा समय दिएका छन्।

उनले न्यायाधीशहरुको यो मुद्दामा कहाँ पनि सार्थक सम्बन्ध नभएको बताएका छन्। उनले यसमा नेकपा एमालेलाई विपक्षी बनाइएको बताए।अहिले त प्रधानमन्त्री केपी ओलीको विपक्षमा रहेको उनले बताए।

‘बम कुमार श्रेष्ठ, तेजबहादुर केसी र प्रधानन्यायाधीशले हेर्न मिल्दैन भने सर्वोचच अदालतले कुनै पनि मुद्दा केपी ओलीविरुद्ध हेर्न मिल्दैन’, उनले भने, ‘कुनै न कुनै मुद्दा सबै न्यायाधीशले हेर्नु भएको छ। नेपाल सरकारविरुद्धका कुनै पनि मुद्दा हेरेको श्रीमानले दोहोराएर अर्को सरकारविरुद्धको मुद्दा हेर्न मिल्दैन। कोही पनि श्रीमान बाँकी रहनुहुन्न। त्यसो हो भने निर्वाचन तोकिएको छ। जनतालाई नै छाडिदिउँ। होइन भने यो इजलास सही छ।’

निवेदनभन्दा बाहिर गएर बहस गर्न मिल्ने उनले बताए। ‘माननीय न्यायाधीशहरुले पनि कसैले प्रचण्ड, कसैले शेरबहादुर देउवा कसैले विद्या भण्डारीको पक्षमा फैसला गर्नु भएको छ। विपक्षीले उठाएको प्रश्नमा जाने हो भने हामी पनि निवेदन दिन्छौं २० जना श्रीमान नै यो मुद्दाको लागि ठिक हुनुहुन्न भनेर।’

‘यो निवेदनमा २९ जना कानुन व्यवसायी र १४६ जना सांसद निवेदक हुनुहुन्छ। उहाँहरुको पनि न्यायाधीशसँग कुनै सम्बन्ध छ कि छैन भनेर नातागोता खोजी गर्ने स्थिति नआओस् श्रीमान’ बडालले भने, ‘उहाँहरु यसअघि हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएपछि इजलास छाड्नु भयो उहाँहरु त पल्किनु भएछ।’