पक्राउ पुर्जी जारी गरेकोमा आपत्ति ,विप्लबले दिए सरकारलाई कडा चेतवानी !
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका नाममा सरकारले पक्राउ पुर्जी जारी गरेकोमा आपत्ति जनाएका छन् ।
सरकारले एकातिर वार्ताका लागि आह्वान गर्ने र अर्कोतिर खारेज भइसकेका मुद्दा ब्युँताएर दमन खोजेको भन्दै जनविरोधी हर्कतको डटेर सामना गर्न उनले चेतावनी दिएका हुन् ।
विप्लवले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘हाम्रो पार्टीको निर्देशन र नेतृत्वमा जनताको निरन्तर सङ्घर्षका कारण न्यायालयले खारेज गरिसकेको उदयपुर र संखुवासभाको मुद्दालाई पुनः ब्युँताएको छ,’ ।
सरकारको यसप्रकारको चरित्रले मानवअधिकार, सामाजिक सुरक्षाको खिल्ली उडाएको विप्लवको ठहर छ । त्यस्तै उनले सरकारलाई ‘दलाल’को संज्ञा दिँदै जनतामाथि महँगी, भ्रष्टाचार, सामाजिक असुरक्षलाई बढावा दिइरहेको आरोप लगाएका छन् ।