पक्राउ परे चर्चित ३३ किलो सुन काण्डका 'भोजे मामा' - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

पक्राउ परे चर्चित ३३ किलो सुन काण्डका ‘भोजे मामा’



काठमाडौं- चर्चित ३३ किलो सुन काण्डमा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका ५ बस्ने भोजे मामा भन्ने भोजराज भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहर परिसर काठमाडौँका प्रवक्ता रमेश कुमार बस्नेतका अनुसार परिसरबाट खटिएको टोलीले भण्डारीलाई गौशालाबाट नियन्त्रणमा लिन सफल भएको हो ।

भण्डारी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार,अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार रहेका थिए ।