पक्राउ परे ३३ किलो सुन तस्करीमा संलग्न गहना पसलका सञ्चालक - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

पक्राउ परे ३३ किलो सुन तस्करीमा संलग्न गहना पसलका सञ्चालक



काठमाडौँ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सुन तस्करी घटनामा सालिमार ज्वेलर्स सुन पसलका सञ्चालक समेत  रहेका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

व्यूरोबाट खटिएको टोलीले २०७३ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलोग्राम सुनसहित पक्राउ परेका फरार अभियुक्त भारतीय नागरिक राहुल गोयललाई पुस २६ गते काठमाडौँबाट पक्राउ गरी मंगलवार सार्वजनिक गरको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २०७३ फागुन २२ गते जिल्ला अदालत समक्ष अभियोग पत्रसहित पेश गरेकामा गोयल फरार रहेका थिए । गैरीधारा बस्ने गोयल विशालबजारमा रहेको सालिमार ज्वेलर्स सुन पसलका सञ्चालक समेत हुन् ।फाइल तस्बिर