जबर्जस्तीकरणीको आरोपमा अटो चालक प्रहरीको नियन्त्रणमा
कञ्चनपुर । कञ्चनपुमा युवतीलाई जबर्जस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको पुनर्वास नगरपालिकामा अटोमा सवार युवतीलाई जबर्जस्तीकरणी गरेको आरोपमा पुनर्वास नगरपालिका -७ का ३१ वर्षिय अटो चालक भरत सिंह महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बिहिवार राती साढे नौ बजेतिर अटो चालक महराले पुनर्वास नगरपालिका-९ कि १८ वर्षिया एक युवतीलाई जबर्जस्तीकरणी गरेको आरोपमा प्रहरीले महरालाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दशैँको टीका लगाएर डोकेबजारबाट अटोमा घर फर्कदै गरेकी ती युवतीलाई रातिको समयमा एक्लै भएको मौका छोपी सामुदायिक बन भित्र लगेर महराले जबर्जस्तीकरणी गरेको प्रहरीले जनाएको छ ।