पाकिस्तानी पूर्वप्रधानमन्त्री भ्रष्टाचारी दोषी ठहर, छोरी ज्वाइँ समेत संलग्न - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

पाकिस्तानी पूर्वप्रधानमन्त्री भ्रष्टाचारी दोषी ठहर, छोरी ज्वाइँ समेत संलग्न



एजेन्सी – पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफलाई अदालतले भ्रष्टाचारी ठहर गरेको छ । भ्रष्टाचार विरोधी अदालतले सरिफ र उनकी छोरी मरियम नवाज सरिफलाई दोषी ठहराएको हो ।

अदालतले नवाज सरिफलाई १० वर्ष र छोरी मरियमलाई सात वर्षको सजाय सुनाएको छ ।

अदालतले मरियम नवाजलाई चार करोड रुपैयाँ विगो जरिवानाको फैसला गरेको छ ।

फैसलापछि नवाज सरिफको पार्टी मुस्लिम लिग(नवाज) कार्यकर्ताले देशभर प्रदर्शन गरेका छन् । सजायपछि मरियम चुनाव उठ्न अयोग्य सावित भएकी छन् । पाकिस्तानमा आउँदा जुलाई २७ मा चुनाव हुँदैछ । मरियम चुनाव लड्न ठिक परेकी थिइन् ।
अदालतले मरियमका पति क्याप्टेन सफदरलाई पनि एक वर्षको सजायँ सुनाएको छ । अदालतले बेलायतस्थित अपार्टमेन्ट पनि कब्जा गर्न आदेश दिएको छ ।

इस्लामावादका भ्रष्टाचार विरोधी अदालतका न्यायाधीश महमुद बशिरले फैसला सुनाएका थिए ।
बीबीसी