चमत्कार गर्न नसके पाकिस्तान समाप्त हुँदै - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

चमत्कार गर्न नसके पाकिस्तान समाप्त हुँदै



एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शुक्रबार) एक खेल हुँदैछ । आज हुने खेलमा एसियाका दुई टोली प्रतिस्पर्धा गर्दैछन् । लर्डस्मा हुने खेलमा पाकिस्तान र बंगलादेश आमनेसामने हुँदैछन् ।
सेमिफाइनलको समिकरणमा कमजोर भएका दुबै टोली यस विश्वकपको अन्तिम खेल खेल्दैछन् । पाकिस्तानका लागि भने आजको खेल केही महत्वपूर्ण रहनेछ । किनकी पाकिस्तानको सेमिफाइनल पुग्ने अंक गणितिय सम्भावना भने जीवितै छ ।

बंगलादेश पछिल्लो समय सुधारिएको प्रदर्शन गरिरहेको छ । पाकिस्तानका लागि ओपनरमा राम्रो प्रदर्शन गर्ने खेलाडी नभएपनि मध्यक्रमका उत्कृष्ट ब्याटिङ गर्ने खेलाडी भने छन् । यता बंगलादेशका लागि शाकिब अल हसनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । पाकिस्तानले आजको खेलमा ठूलो अन्तरको जित निकाल्न सकेमा उसको सेमिफाइनलको सम्भावना केही जिवित छ । न्युजिल्यान्डको नेट रनरेट राम्रो छ । त्यसैकारण पनि पाकिस्तानलाई अघिल्लो चरण प्रवेशको सम्भावना भने कम रहने छ ।

पाकिस्तानले बंगलादेशसँगको खेलमा पहिले बलिङ गरेमा खेल सुरु हुनु अगावै सेमीफाइनल सम्भावना समाप्त हुनेछ । यदि बंगलादेशसँग पहिले ब्याटिङ गरेमा भने निम्न अवस्थामा सरफराज एहमदको टिम सेमीफाइनल प्रवेश गर्नेछ ।

पाकिस्तानले पहिले ब्याटिङ गर्दै ३५० रन बनाएर बंगलादेशलाई ३९ रनमा अलआउट गर्दै ३११ रनले जित्न सकेमा पाकिस्तानले अघिल्लो चरणमा प्रवेशको मौका पाउनेछ । त्यस्तै पहिले ब्याटिङ गर्दै ४०० रन बनाएर बंगलादेशलाई ८४ रनमा अलआउट गर्दै ३१६ रनले जित निकालेमा पनि पाकिस्तानले अघिल्लो चरण प्रवेशको मौका पाउने छ ।