आज नजिते पाकिस्तानको यात्रा समाप्त - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

आज नजिते पाकिस्तानको यात्रा समाप्त



एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज (बुधबार) न्युजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुदैछ । बिर्मिङ्घममा दुवै टोली मैदान उत्रदै गर्दा नजर सेमिफाईनलमा हुनेछ ।

पाकिस्तानविरुद्व जित निकाल्दै न्युजिल्याण्ड दुई खेल अगावै सेमिफाईनल यात्रा तय गर्न चाहन्छ । निकै फर्ममा देखिएको न्युजिल्याण्डले पाकिस्तानविरुद्व सहज जित निकाल्ने कप्तान केन विलियम्सले बताएका छन् ।

तर सेमिफाईनल पुग्ने सम्भावना बलियो बनाउन पाकिस्तानलाई अन्तिम मौका छ । उसलाई अन्तिम ४ को यात्रा तय गर्न बाँकी खेल जित्नैपर्ने दबाब छ ।

पाकिस्तानले आफ्नो पछिल्लो खेलमा दक्षिण अफ्रिकालाई हराएको थियो । न्युजिल्याण्डले वेस्ट ईन्डिजमाथि रोमाञ्चक जित निकालेको थियो । प्रतियोगिताको अपराजित टिम न्युजिल्याण्डका कप्तान केन विलियम्स पाकिस्तानविरुद्व सहज जित निकाल्ने बताउँछन् ।

सरफराज नेतृत्वको पाकिस्तान टिम सेमिफाईनल पुग्न असंम्भव छैन तर सम्भावना निकै कठिन छ । सेमिफाईनल पुग्न पाकिस्तानले आगामी तीन खेल जित्नुपर्ने समिकरण तय छ । न्युजिल्याण्ड लगत्तै पाकिस्तानले बंगलादेश र अफगानिस्तानलाई हराउनुपर्नेछ ।

सोएब मल्लिकको स्थानमा टिममा समावेश ह्यारिस सोहेलले दक्षिण अफ्रिकाविरुद्व शानदार ईनिङ्स खेलेका थिए । मोहम्मद आमिर समेत अहिले फर्मममा देखिएका छन् ।

यता श्रीलंकालाई हराउँदै प्रतियोगिताको सुरुवात गरेको न्युजिल्याण्डको जितको यात्रा जारी छ । कप्तान विलियम्सले समेत शतक प्रहार गरेका छन् । रोस टेलर फर्ममा देखिएका छन् ।

तर ओपनर मार्टिन गुप्टिल र कालिन मुनरो लयमा देखिन आवश्यक छ । बलिङ र फिल्डिङमा न्युजिल्याण्ड बलियो छ ।

न्युजिल्याण्ड ६ खेलबाट ११ अंक सहित तालिकाको दोस्रो स्थनमा छ । पाकिस्तान ५ अंक सहित सातौ स्थानमा छ ।