पाकिस्तानी प्रधानमन्त्रीलाई अमेरिकामा दुर्व्यवहार - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

पाकिस्तानी प्रधानमन्त्रीलाई अमेरिकामा दुर्व्यवहार



काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासीले अमेरिकामा अपमान खानु परेको छ ।

अमेरिकाको एयरपोर्टमा रुटिन सुरक्षा जाँच हुँदै उनले सामान्य नागरिक सरह अगाडि बढ्नु परेको पाकिस्तानी संचारमाध्यमहरुले बताएका छन् ।

अब्बासीको ब्याग र कोट सेक्युरिटी चेक गरेको देखिएको पाकिस्तानी एक टेलिभिजनले बताएको छ ।

उनी गत हप्ता आफ्नी बिरामी बहिनी भेट्न अमेरिका पुगेका थिए ।

बहिनी भेट्ने बहानामा पुगेका अब्बासीले अमेरिकी उपराष्ट्रपति माइक पेंससंग भेट गरेका थिए ।

कुटनीतिक पासपोर्ट भएको २२ करोड जनताको प्रधानमन्त्रीले निजी भ्रमणमा हुँदैमा सुरक्षा चेकिङमा परेर अपमान सहनु राम्रो नभएको पाकिस्तानीहरुले बताएका छन् ।
ट्रम्प प्रशासनले पाकिस्तानीमाथि भिसामा कडाइ गर्नुका साथै रक्षा मद्धत कार्यक्रम रोकेर पाकिस्तानलाई झड्का दिइसकेको छ ।

अमेरिकाले पछिल्लो पटक पाकिस्तानका ७ कम्पनीलाई परमाणु ब्यापार मामलामा प्रतिवन्धित गरेको थियो ।