पाकिस्तानी प्रधानमन्त्री इमरानको ब्यापक आलोचना
नयाँदिल्ली : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कुटनीतिक मर्यादा मिचेर साउदी अरबका राजा सलमानको अपमान गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।
साउदीस्थित मक्कामा ओआईसीको सम्मेलनको क्रममा पुगेका इमरानले साउदी राजा सलमानसँग नबोलिकनै अनुवादकसँग हात मिलाएर बोलेर सरासर हिँडेपछि उनको आलोचना भएको हो ।
कतिपयले उनलाई कुटनीतिक आचरण सिकाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन् ।
इमरान रेड कार्पेटमा हिँड्दै गरेको उक्त भिडियोकै आधारमा उनको आलोचना भएको हो । भिडियोमा इमरान रेड कार्पेटमा सरासर हिँड्छन् र अनुवादकसँग हात मिलाएर अर्कै गेटबाट जान्छन् । उनको यस्तो तरिका सामान्यतः कुटनीतिक आचरण वमोजिम मानिँदैन । यसबारे हालै बिबिसी हिन्दीले समाचार बनाएको छ ।