पाकिस्तानका पूर्वराष्ट्रपति पक्राउ - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

पाकिस्तानका पूर्वराष्ट्रपति पक्राउ



इस्लामाबाद : पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जरदारी गिरफ्तारीमा परेका छन् । उनि पाकिस्तान पिपल्स पार्टीका सहयक प्रमुख पनि हुन् ।

सरकारको भ्रष्टाचार सम्बन्धि मुद्दा हेर्ने निकायले उनलाई सोमबार पक्राउ गरेको हो । सम्पत्ति सुद्धिकरणको मुद्दामा अलीसहित उनकी बहिनी फरायल तालपुरको पुनरावेदन सोमबार सर्वोच्च अदालतले खारेज गरिदिएको हो ।

आमिर फारुक तथा मोहसिन अख्तर कियानीको इजलासले अलीको मुद्दा खारेज गर्दै गिरफ्तारीको आदेश दिएको हो । जरदारी र उनकी बहिनी सम्पत्ति सुद्धिकरण मुद्दामा मुख्य अभियुक्त थिए ।

उनीहरुमाथि अवैध बैंक एकाउन्ट तथा देशबाहिर पैसा पठाउने गरेको आरोप लाग्दैआएको थियो । इस्लामावादस्थित जरदारीलाई पक्राउ गर्न सोमबार ठूलो संख्यामा सुरक्षाकर्मी पुगेको बिबिसीले जनाएको छ ।