पाकिस्तानलाई दबाब : भारतलाई नजिते विश्वकपबाट बाहिरिने - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

पाकिस्तानलाई दबाब : भारतलाई नजिते विश्वकपबाट बाहिरिने



एजेन्सी — विश्वकपमा पाकिस्तानको सामना गर्दा फिल्डिङ निर्णायक हुने दाबी भारतीय फिल्डिङ प्रशिक्षक आर श्रीधरले बिहीबार दाबी गरेका छन् । भारतको फिल्डिङ उत्कृष्ट रहेको छ भने पाकिस्तानी कप्तान सरफराजले टिमको यसै क्षेत्रमा प्रदर्शनको स्तर माथि बढ्नुपर्ने बताएका छन् ।

आइतबार यी दुई परम्पर विरोधी देशबीच म्यानचेस्टरमा खेल हुँदैछ । सन् १९९२ को च्याम्पियन पाकिस्तानले बुधबार टउन्टनमा भएको खेलमा अस्ट्रेलियाविरुद्ध ४१ रनको हार बेहोरेको थियो र त्यसमा टिमले तीन क्याच छाडेको थियो । पाकिस्तानलाई प्रतियागितामा रहन पनि विराट कोहलीको टिममाथि जित अत्यावश्यक छ ।

दुई पल्टको विश्वकप विजेता भारत अहिलेसम्म प्रतियोगितामा अपराजित छ र उसले दुई जित निकालेको छ । न्युजिल्यान्डविरुद्धको खेल भने वर्षाले सम्भव भएको थिएन् । यसअघि भारतले दक्षिण अफ्रिका र अस्ट्रेलियालाई हराएको थियो । श्रीधरले एकदिवसीय क्रिकेटमा जित हारको अन्तर नै फिल्डिङ हुने बताए ।

‘फिल्डिङ निश्चित रूपमा एकदिवसीय क्रिकेटको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो,’ उनले भने, ‘अस्ट्रेलियाविरुद्धको हाम्रो जितमा फिल्डिङकै महत्त्वपूर्ण योगदान रह्यो ।’ उनले न्युजिल्यान्डविरुद्धको खेल सम्भव नभए पनि दक्षिण अफ्रिका र अस्ट्रेलियामाथि प्राप्त जितले आफ्नो टिम निकै आत्मविश्वासी भएको दाबी गरे ।