समाप्त भयो दक्षिण अफ्रिकाको यात्रा - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

समाप्त भयो दक्षिण अफ्रिकाको यात्रा



एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।

लर्ड्समा आइतबार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गरेको हो ।

लर्ड्स क्रिकेट मैदानमा पाकिस्तानले दिएको ३ सय ९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि कप्तान फाप डु प्लेसिसले ६३ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।यस्तै दक्षिण अफ्रिकाका लागि व्किनटन डी ककले ४७ रन जोड्दा एडिले लक्कीले अविजित ४६ रन बनाए । त्यस्तै भान डेर डुसेनले ३६ तथा डेभिड मिल्लरले ३१ रन जोडे ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न पाकिस्तानका शादब खान र वाहब रियाजले ३/३ विकेट लिए । यस्तै मोहमद आमिरले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०८ रन बनाएको थियो ।

पाकिस्तानका लागि हरिश सोहिल र बाबर आजमले अर्धशतकीय इनिङस खेले । हरिशले ५९ बलमा ३ छक्का र ९ चौकाको मद्दतले सर्वाधिक ८९ रन बनाए । बाबरले ६९ रन बनाए ।

यस्तै फकर जमान र इमाम उल हकले समान ४४ रनको योगदान गरे । इमाद वासिम २३ तथा मोहमद हाफिज २० रनमा आउट भए ।

दक्षिण अफ्रिकाका लुंगी नेग्दीले ३ विकेट लिए । यस्तै इमरान ताहिरले २ विकेट हात पारे ।

यो हारसंगै दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको छ ।