पैसा फालेर भाग्ने दुई महिला पक्राउ

काठमाडौं – जनकपुरधाम–४ महावीरचोक सडकमा पैसा फ्याँकेर भाग्ने दुई महिला पक्राउ परेका छन् ।
उनीहरुलाई शनिवार जनकपुरधाम उपमहानगरपालिका– ७, जानकी नगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पैसा फ्याँकेर भाग्ने दुई महिला नाम खुलाइएको छैन । उनीहरुले शुक्रबार दिउँसो १० रुपैयाँको नोट सडकमा फ्याँकेर फरार भएका थिए ।
उनीहरुले पैसा फ्याकेर भागेपछि कोरोना फैलाउन पैसा फालेको हुन सक्ने आशंका गरिएको थियो ।
बरामद गरिएको उक्त रूपैयाँ कोरोनाभाइरस सङ्क्रमणसम्बन्धी शङकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान तिव्र पारेको थियो ।

