महाकाली - मेची पैदल यात्रीलाई घोडाघोडीमा स्वागत - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

महाकाली – मेची पैदल यात्रीलाई घोडाघोडीमा स्वागत



सुखड,कैलाली । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न महाकाली – मेची पैदल यात्रामा निस्केका दुुई युवालाई कैलालीमा स्वागत गरिएको छ । झापा घर भएका पैदल यात्री सुरेश उप्रेती र खगेन्द्र निरौलालाई घोडाघोडी नगरपालिका- १ सुखड बजारमा आइतबार स्वागत गरीएको हो ।

घोडाघोडी उद्योग वाणिज्य संघका उपाध्यक्ष द्धय नन्दराम सापकोटा, दुर्गा गौतम, सुखडका क्रियाशिल पत्रकार, इलाका प्रहरी कार्यालय सुखडका प्रतिनिधि लगायतकाले उनीहरुलाई खादा र अबिर लगाएर स्वागत गरेका हुन् ।

मसिंर २० गते कन्चनपुरको गड्डा चौकीबाट पैदल यात्रामा निस्केका उनिहरु मसिंर २२ गते सुखड पुगेका हुन् । एक महिना भित्रमा झापा जिल्लाको काकडभिट्टामा पुगेर पैदल यात्रा समापन गरिने सुरेश उप्रतीले बताए । बिभिन्न ठाउँ बाट घुम्न आएका आन्तरिक र बाह्य पर्यटकहरु लाई राम्रो संग सरसम्मान गरेको खण्डमा पर्यटकहरुको संख्यामा बृद्धि हुने उनीहरुको भनाई छ ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको हुँदा त्यसलाई सफल पार्न आफुहरुले महाकाली – मेची पैदल यात्रामा निस्केको उप्रेतीले बताए । आफुहरुको अभियानले पर्यटक भित्राउनमा सहयोग पुग्ने उनिहरुको बिश्वास रहेको छ । झापाका सुरेश उप्रेती यातायात व्यवसायी हुन् भने खगेन्द्र निरौला बि बि एस मा अध्यनरत विद्यार्थी हुन् ।