पैसा नपाउँदासम्म पहिरो खोल्दैनौं - Himal Post Himal Post
  • २६ मंसिर २०८१, बुधबार
  •      Wed Dec 11 2024
Logo

पैसा नपाउँदासम्म पहिरो खोल्दैनौं



चितवन । सोमबार बिहान टोपे खोलामा खसेको पहिरो पन्छाउन ढिलाइ भएको छ । पहिरो पन्छाएको रकम नपाएको भन्दै ठेकेदारले काम नगरेपछि पहिरो पन्छाउन ढिलाइ भएको हो ।

“यस अघि खसेका पहिरो पन्छाएको रु. तीन करोड ५० लाखभन्दा बढी पैसा पाएका छैनौं ।” नारायणगढ – मुग्लिन सडकखण्डको तेस्रो भागको ठेक्का लिएको सुप्रिम रौताहा जेभिले बताएको छ ।

बिहान ठेकेदारले पैसा नपाएको भन्दै शुरुमा पहिरो पन्छाउन नमाने पछि पहिरो पन्छाउन ढिलाइ भएको हो । बिहान ५ः३० बजे खसेको पहिरो ८ः३० बजेदेखि मात्र पन्छाउन थालिएको जानकारी नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालले दिए ।