पहिरोले पुरिएर काठमाडौंमै एक जनाको ज्यान गयो - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

पहिरोले पुरिएर काठमाडौंमै एक जनाको ज्यान गयो



फाइल तस्बिर

काठमाडौं- अविरल वर्षाका कारण पहिरो जाँदा काठमाडौंमै एक जनाको ज्यान गएको छ ।कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिरोले पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको हो ।

गागलफेदीस्थित घट्टेखोलामा खसेको पहिरोमा परेर गुरुङको ज्यान गएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले जानकारी दिएका छन् ।

आइतबार साँझ पहिरोमा पुरिएका नवराजको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा राखिएको छ ।

साँझ साथीभाइसँग उनी गागलफेदीको जङ्गलमा गएका थिए । खोलामा शौच गर्न गएको बेला पहिरो खस्दा उनको निधन भएको बताइएको छ ।