पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध



फाइल तस्बिर

काठमाडौं- पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ। आइतबारदेखि लगातार गरेको वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

मुग्लिन–नारायणगढ सडक अन्तरगत पर्ने जलबिरेमा बिहान गएको पहिरोका कारण राजमार्ग दुइतर्फी अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा लकडाउनका बेला चलेका अत्यावश्यक सवारी साधनहरु राजमार्गमा नै अलपत्र परेका छन्।

निरन्तर वर्षा भैरहेको कारण पहिरो हटाउने कार्य सुरु गर्न नसकिएको मुग्लिन प्रहरीले जनाएको छ।