पहिरोमा पुरिएर एउटै घरका तीन जनाको मृत्यु - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

पहिरोमा पुरिएर एउटै घरका तीन जनाको मृत्यु



रोल्पा | घर पुरिँदा एउटै परिवारका तीनजनाको मृत्यु भएको छ ।  रुन्टिगढी गाउँपालिका– ५ सैवाङमा घर पुरिँदा भान्सामा आगो तापेर बसेका तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १८ दिनकी सुत्केरी २२ वर्षीया कमला विश्वकर्मा, उनकी १८ दिनकी छोरी र जेठाजुको छोरी १५ वर्षीया चित्रा विश्वकर्मा रहेका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।
तीनैजनाको शव परीक्षणका लागि होलेरी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

घट्नास्थल सदरमुकाम लिवाङबाट दुई दिनको पैदल दूरीमा पर्छ ।

 

-रासस