गायिका इन्दु बानियाँको ‘पहिलो प्रेम’ सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गायिका इन्दु बानियाँको ‘पहिलो प्रेम’ सार्वजनिक(भिडियो सहित)



गायिका इन्दु बानियाँको म्युजिक भिडियो ‘पहिलो प्रेम’ सार्वजनिक भएको छ । नेपाली गीत सङ्गीतको सृजनामा डेनमार्कमा बस्ने नेपालीहरूको बढ्दो सक्रियताकाबीच डेनमार्कमा छायाङ्कन भई निर्माण गरिएको सो म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको हो । दीपक शर्माको सङ्गीत रहेको गीतमा शब्द रचना हाल डेनमार्कमा बस्ने कृष्ण पौडेलको छ ।

डेनमार्कका लोकप्रिय नेपाली कलाकार तथा इनास डेनमार्कका अध्यक्ष सन्तकुमार थापाको निर्देशनमा स्वयम् सन्तकुमार थापा र मल्लिका प्रधानको अभिनय रहेको म्युजिक भिडियो गणेश खड्काले छायाङ्कन गरेका हुन् । खड्काले सम्पादन गरेको म्युजिक भिडियो बुढा सुब्बा डिजिटल प्रालिको यूटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा नेपाली ग्रामीण परिवेशमा प्रम सम्बन्ध तथा अतीतका प्रेमिल पलहरूको सम्झना गरिएको छ । भिडियोमा डेनमार्कको ग्रामीण क्षेत्रहरूको गर्मी मौसमका मनोरम दृश्यहरू देख्न पाइन्छ ।