यस वर्षको पद्मश्री साहित्य पुरस्कार र साधना सम्मान रद्द - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

यस वर्षको पद्मश्री साहित्य पुरस्कार र साधना सम्मान रद्द



काठमाडौं- पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ। यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान विवादका कारण रद्द गरिएको हो ।

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रदान गरिने सो पुरस्कार तथा सम्मान विवाद भएका कारण रद्द गरिएको हो।

‘सो पुरस्कार र सम्मान आइतबार घोषणा भएपछि केहि विवाद र असहज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ,’ प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताएका छन्।

पद्मश्री साहित्य पुरस्कार डा. सञ्जीव उप्रेतीको हंस उपन्यास र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई दिने घोषणा गरिएको थियो।

तर सो घोषणा गरेलगत्तै यौन शोषणको आरोप लागेका प्रश्रितलाई सम्मानित गर्न लागेको भनी आलोचना भएको थियो।

प्रश्रितलाई आरोप लागेपछि उप्रेतीले पनि उनीसँग एउटै मञ्चमा सो पुरस्कार नलिने घोषणा गरेका थिए। पछि प्रश्रितले समेत आफूले साे नलिने बताएका थिए।