डाक्टरले अस्पतालको सेवा बन्द गरे कारवाहीः अर्याल - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

डाक्टरले अस्पतालको सेवा बन्द गरे कारवाहीः अर्याल



सरकारले स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमा अर्यालले जनताको स्वास्थ्यमाथि खेलबाड हुनेगरी अस्पतालको सेवा बन्द गर्ने जोकोहीलाई पनि कार्वाही गर्ने चेतावनी दिएकी हुन्।

वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन नगरे सबै अस्पतालको सेवा बन्द गर्ने नेपाल चिकित्सक संघले अडान लिईरहेको छ। राज्यमन्त्री अर्यालले अस्पतालको सेवा बन्द गरेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने काम नगर्न पनि चिकित्सकहरुलाई सचेत गराइन्।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले वरिष्ठ चिकित्सक केसीको जायज माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको पनि बताइन्। उनले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य उपचारको जिम्मा सरकारले लिने पनि बताइन्।

राज्यमन्त्री अर्यालले सरकारले केसीलाई स्वास्थ्य उपचारका लागि काठमाडौं आउन र वार्ताद्धारा स्वास्थ्य क्षेत्रमा देखिएको सबै समस्या समाधान गरेर जान वार्तामा बस्न पटक–पटक आग्रह गरेको पनि स्मरण गराइन्।

राज्यमन्त्री अर्यालले वरिष्ठ चिकित्सक केसीप्रति संकेत गर्दै कसैले पनि आफ्नो मागलाई अडानको रुपमा राखेर मुलुकलाई अप्ठयारोमा पार्ने काम गर्न नहुने पनि स्पष्ट पारिन्।