अख्तियारमा मुद्दा परेपछि भड्किइन पद्मा, नाटक प्रहसन भएको टिप्पणी - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

अख्तियारमा मुद्दा परेपछि भड्किइन पद्मा, नाटक प्रहसन भएको टिप्पणी



नेकपा एमालेकी नेतृ पद्मा अर्यालले आफूविरुद्ध नाटक प्रहसन भएको टिप्पणी गरेकी छन् ।

नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओली, पद्मा अर्याल लगायत ५ नेताविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी गरेका थिए ।

त्यसैलाई लिएर अर्याल भड्किएकी हुन् । उनले सामाजिक संजाल फेसबूकमा लेखेकी छन्, ‘आज एस पार्टी नामको विद्यार्थी संगठनले नेकपा ( एमाले ) का अध्यक्ष सहित पाँच नेताका नाममा एउटा नाटक प्रहसन गरेछ । यसबारे धेरै साथीहरुले चासो राख्नु भएको छ । यस विषयमा मेरो कहिँ कतै संलग्नता छैन ,ढुक्क हुनुहोस यो राजनीतिको नाममा गरिएको अराजनीतिक खेल हो ।’