पद्मा अर्यालले भनिन: मर्न-मार्न तयार छु, खुट्टा कमाउँदिन - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

पद्मा अर्यालले भनिन: मर्न-मार्न तयार छु, खुट्टा कमाउँदिन



काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग होइन भनेर कहिं कतै नबोलेको प्रष्टीकरण दिएकी छन्।

उनले आफुले त्यस क्षेत्र नेपालको हो भन्ने सबुत प्रमाण जुटाउन महत्वपूर्ण भूमिका खेलेको व्यक्ति भएको बताइन्। संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले यस्तो बताएकी हुन्।

‘मैले कहिल्यैपनि कहिं पनि लिम्पियाधुरा, कालापानी लिपुलेक नेपालको भूभाग होइन भनेको छैन’, उनले भनिन्, ‘र यो मन्त्रालयमा आइसकेपछि बरु हामीसँग नभएका प्रमाणहरु प्राप्त गर्न खोजी गर्दै प्रमाणहरु संकलन गर्ने र यथेस्ट प्रमाणहरु जुटाउने कुरामा मैले महत्वपूर्ण भूमिका खेलेको छु।’

मन्त्री आर्यालले २०३२ सालनमा प्रकाशित गरिएको नेपालको नक्सा प्रचलनमा आएको र उक्त नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक नरहेको तितो यथार्थ भएको कुरा भएको बताइन्।

‘जहाँसम्म नक्साको कुरा हो ३२ सालको हामीले अहिले प्रचलनमा आएको नक्सा छ। त्यो नक्सामा छैन यो तितो सत्य हो’, उनले भनिन्, ‘मैले नचाहेर पनि तितो सत्य यो दुनियाको अगाडि छर्लङ्ग भएको विषय हो।’ अर्यालले राष्ट्रियता बचाउनका लागि आफू मर्न मार्न पनि तयार रहेको बतँइन्।

‘राष्ट्रियताको सवालमा मर्न र मार्नका निम्ति तयार छु’, उनले भनिन्, ‘कहिँ कतै खुट्टा कमाउँछन कि भन्‍ने आशंका नगर्नु होला।’