अनेरास्ववियु(क्रान्तिकारी)पाणिनि बहुमुखी क्याम्पस मुल इकाई समितीको चौथो इकाई सम्मेलन सम्पन्न - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

अनेरास्ववियु(क्रान्तिकारी)पाणिनि बहुमुखी क्याम्पस मुल इकाई समितीको चौथो इकाई सम्मेलन सम्पन्न



हिमाल पोष्ट\ अर्घखाँची, बैसाख ६ 

 

अनेरास्ववियु (क्रान्तिकारी) पाणिनि बहुमुखी क्याम्पस मुल इकाई समितिको चौथो इकाई सम्मेलन सम्पन्न भएको छ। २५ सदस्य समिति गठन गारिएको इकाई समितीको सम्मेलन संगठनका केन्द्रीय सचिवालय सदस्य एवं ५ नं. प्रदेशका सह-सम्योजक नारायण खनालको प्रमुख अतिथ्यता र संगठनका जिल्ला संयोजक तथा पाणिनी बहुमुखी क्याम्पसका स्ववियु सभापति लक्ष्मण खड्का, जिल्ला सह(सम्योजक सारदा पान्डे, जिला सदस्य हिमाल पराजुली, धिरन आचार्य, राजेन्द्र भुसाल, कमला बि.क लगायतका अथितीको उपस्थितीमा सम्पन्न्न भएको हो ।

२०० जना विद्यार्थीहरू उपस्थिती रहेको कार्यक्रममा छनौट भएका २५ जनामा अध्यक्षमा सुदिप खनल,उपाध्यक्ष जमुना खनाल, सचीव प्रकाश भट्टराई, सह(सचीव सन्तोष बस्नेत, कोषाध्यक्ष सरस्वता अधिकारी र सदस्यहरुमा बिस्नु बि.क, नबराज आचर्य, हिरा बन्जाडे, मन्सुवा रेग्मी, अनिता पौडेल,रेखा बि।क,बिनोद मरासिनी,इन्दिरा आचार्य लगायत रहेका छन्।

कार्यक्रममा नब निर्वाचित अध्यक्ष सुदिप खनालले आउँदा दिनमा विद्यार्थीको हकहितको निम्ति खटेर लाग्नुको साथै संगठनलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका छन् ।

प्रचारप्रसार बिभाग सम्योजक हिमाल पराजुली रहेको कार्यक्रममा कार्यक्रम मुल इकाइ समिति कार्यबाहक अध्यक्ष शोभाखर चुदालीको अध्यक्षता रहेको थियो भने सुदिप खनालले स्वागत मन्तव्य राखेका थिए ।

््