कक्षा १२ सम्मका विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम घोषणा - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

कक्षा १२ सम्मका विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम घोषणा



काठमाडौं- सरकारले कक्षा १२ सम्मको विद्यार्थीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’ शुरु गर्ने भएको छ । प्रतिस्थापन विधेयक बजेटमा अर्थमन्त्री जनार्दन शर्माले यस्तो कार्यक्रम घोषणा गरेका हुन् ।

शुक्रबार प्रतिनिधिसभामा पेश गरेको प्रतिस्थापन विधेयकमा प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’ अघि सार्ने प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उल्लेख गरेको छ ।

सरकारका लोकप्रिय कार्यक्रम अन्तर्गत यस्तो कार्यक्रम ल्याईएको हो । उक्त कार्यक्रम सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा शुरुवात गर्ने विधेयकका उल्लेख छ ।

विश्वविद्यालयहरुलाई पूर्वाधार विकाससहित अनुसन्धान केन्द्रको रुप्मा विकास गर्नुका साथै मुलुकको सबैभन्दा पुरानो त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनःनिर्माण गर्ने प्रबन्ध गरिने पनि प्रतिस्थापन विधेयकमा उल्लेख गरिएको छ ।

साथै शिक्षकहरुको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गर्ने पनि सरकारले घोषणा गरेको छ ।