पदम पन्तको पहलमा जन प्रगतिशील मञ्च मकाउ गठन। - Himal Post Himal Post
  • १७ फाल्गुन २०८१, शनिबार
  •      Sat Mar 1 2025
Logo

पदम पन्तको पहलमा जन प्रगतिशील मञ्च मकाउ गठन।



मकाउ,चीन।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको विदेश स्थित भातृ सङ्गठन जन प्रगतिशील मञ्च मकाउको प्रथम सम्मेलन मकाउ सन्मालो स्थित गोर्खाज रेस्टुरेन्टमा अप्रिल ८ तारीकका दिन सम्पन्न भएको छ।

मकाउमा एतिहासिक रूपमा पदम सिंह पन्तको पहलमा प्रथम पटक सम्पन्न उक्त सम्मेलनमा प्रमुख अथिति ने.क.पा माओवादी केन्द्र हङकङ शाखाका अध्यक्ष एवं केन्द्रीय प्रतिनिधि रबिन लिङ्देन हुनु हुन्थ्यो भने विशेष अतिथि हङकङ जन प्रगतिशील मञ्चका महासचिव हरेन्द्र तमु अतिथिहरू प्रवासी नेपाली मञ्च मकाउका उपाध्यक्ष शिव थापा,महासचिव उत्तम गुरुङ साथै मध्य तथा सुदुर पश्चिम नेपाली समाजका महासचिव  खम्बा राज केसीको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको अध्यक्षता राजन खत्रीले गरेका थिए।उक्त सम्मेलनमा उद्घोषक ऋषि खड्काले गरेका थिए।उक्त प्रथम सम्मेलनले ऋषि खड्काको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति गठन गरेको छ।कार्य समितिमा वरिष्ठ उपाध्यक्ष पदम सिंह पन्त र नवीन धमला,महासचिवमा राजन खत्री , सचिव कृष्ण शरण बोगटी , कोषाध्यक्ष मनोज धामी सदस्यहरूमा सुरेन्द्र कुवर,सत्तम प्रसाद उप्रेती, दिलेन कोरङी,रबिन्द्र चौधरी,जस्मान तामाङ, वचन लामा, टिक गुरुङ,दिनेश कुमार ठकुरी र कुल बहादुर थापा रहेका छन् उक्त सम्मेलनमा उद्घोषक ऋषि खड्काले गरेका थिए।