सकिँदै ओलीका फण्डा: प्रधानमन्त्रीको कुर्सी पनि बिक्रि भएन - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

सकिँदै ओलीका फण्डा: प्रधानमन्त्रीको कुर्सी पनि बिक्रि भएन



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली एकपछि अर्को कदममा असफल हुँदै गएका छन् । आफ्ना हरेक कदममा विरोधीलाई माथ खुवाउन सक्ने ओली आफ्नै समुहभित्र आन्तरिक द्वन्द्व चर्किएपछि असफल हुन थालेका छन् ।

अहिले पनि आफ्नो निकट भनिएका केहि नेताहरू अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई निरन्तर भेट्ने र प्रधानमन्त्री ओलीलाई उचाल्ने गरिरहेकाले उनका विकल्प दिनदिनै सांघुरिंदै गैरहेका छन् ।

प्रधानमन्त्री ओली पछिल्ला केहि घटनामा पार्टीभित्र निकै निरिह अवस्थामा पुगेका छन् । उनको निजि सचिवालय लगातार विवादमा आउनुले पनि उनलाई पटक पटक आफ्नै समुहभित्र नैतिकताको घेराव्हित्र उभ्याएको छ।

प्रधानमन्त्री पद पनि बिक्रि भएन

नेकपाका शीर्ष नेताहरुलाई सहमतिमा ल्याउने अथक प्रयास गर्दा पनि प्रधानमन्त्री ओली असफल बनेका छन् । अवस्था यस्तो सम्म बनेको छ कि ओलीले कसैलाई प्रधानमन्त्री बनाइदिन्छु भन्दा पनि नेताहरू उनको कुरामा विश्वास गर्दैनन् ।

ओलीले अर्का अध्यक्ष प्रचण्ड र नेपाललाई सहमतिमा ल्याउनका लागि गरेका प्रयास र प्रलोभन पार्टीकै अवस्था बिगार्ने खालका छन् । तर जति गर्दा पनि उनीबाट भएका हरेक प्रयास अहिले भने असफल बन्दै गएका छन् ।

पार्टीमा निकै कम्जोर बनेका प्रधानमन्त्री ओलीले केहिदिन अगाडी मात्रै पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने बचन दिए त्यसका लागि उनले ओलीलाई साथ् दिनुपर्ने बताए । तर नेता गौतमले भने प्रधानमन्त्री ओली आफै सुध्रिनुपर्ने बताए ।

पछिल्ला घटनाक्रम हेर्नेहो भने उनले नयाँ पुस्तालाई पार्टी र सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज उठाए । तर उनको सो अआवाज आफ्नै समुहका नेताहरूले समेत बिश्वास गरेनन । उनले अब पार्टी अध्यक्ष र प्रधानमन्त्री अब नयाँ पुस्तालाई दिने बताईरहँदा उनकै गुटका नेताहरूले खिसिट्युरी गर्ने अवस्था बनेको छ ।

आफ्नै गुटका नेताहरूले समेत प्रधानमन्त्री ओलीका कुरा पत्याउने आवस्था नभएपछि उनि झन् गल्दै गएका छन् ।

प्रचण्ड-नेपाल फकाउन असफल

प्रधानमन्त्री ओलीले आफ्ना दूतमार्फत नेताहरुलाई फकाउने प्रयास गर्दै आएका छन् । ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, महेश बस्नेत , स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमार्फत नेताहरुलाई सहमतिमा ल्याउन खटाउँदै आएका छन् ।

स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड निवास खुमलटार र नेता नेपाल निवास कोटेश्वरमा त यति धेरै पटक नेताहरू खटाइसके कि त्यसको हिसावनै गर्न सकिन्न । अझै पनि खुमलटार र कोटेश्वरमा दूतलाई सहमतिका लागि पठाउन भने छाडेका छैनन्।

‘प्रचण्डलाई फकाउन यति व्यक्ति आए भन्ने हिसाव नै छैन, त्यो मात्रै होइन व्यक्ति र समयपिच्छे आउने फरक फरक अफर उस्तै छन् । कमसेकम पार्टीका कार्यकर्ता र जनताको मुखतर्फ फर्किएको भए यस्तो अवस्था आउने थिएन, अहिले उहाँका आफ्नैले बिश्वास गर्न छाडे अरूले किन विश्वास गरुन।’ प्रचण्ड निकट एक नेताले भने ।

बार्गेनिङ मात्रै गर्ने, सच्चिन नचाहने

प्रधानमन्त्री ओलीले गत कात्तिक २८ गते सचिवालय बैठकमा पेश भएको राजनीतिक प्रस्ताव फिर्ता लिन प्रचण्डलाई आग्रह गर्दै आएका छन् । गत मंसिर २१ गतेको बैठकमा प्रचण्डले उक्त प्रस्ताव फिर्ता नगरे आफू बैठकमा उपस्थित हुन नसक्ने भन्दै पत्र पठाएका थिए ।

प्रचण्डले सरकार असफल भएको, जनअपेक्षा अनुसार काम गर्न नसकेको, पार्टी एक लौटी रुपमा सञ्चालन गरेको आरोप लगाएका थिए । ओलीले उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।

यता प्रधानमन्त्री ओलीले नेता नेपाललाई आफ्नो पक्षमा पार्न विभिन्न प्रलोभन देखाउने गरेको खुलेको छ । उनले नेता नेपाललाई कुनै एउटा पदको ग्यारेण्टी गरेका छन् ।

‘प्रधानमन्त्रीले पार्टीको विवाद मिलाउनका लागि बार्गेनिङ मात्रै गर्ने, तर आफू सच्चिन नचाहने प्रवृति देखिएको छ । पार्टीको बैठकमै आउँदिन, बहुमतको निर्णय मान्दिन भन्दै हिड्नुभेको छ । यो एकदमै गलत कुरा हो । व्यक्तिलाई मान्दिन भन्न पाइन्छ तर पार्टीलाई मान्दिन भन्न पाउने अधिकार कसैलाई छैन ।’ एक स्थायी कमिटि सदस्यले भने ।