पद भन्दा जनतालाई सधैँ माथि राखे, बाकी जीवन देश र जनताकै लागि समर्पित गर्छु : आचार्य
कमल बिस्ट/मंसिर १६
बाम गठबन्धन अर्घाखाँचीका प्रदेश सभा क्षेत्र नम्बर १ का साझा उमेदवार तथा नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले आफूले जीवनभर पद र प्रतिस्ठा भन्दा जनतालाई नै माथि राखेर राजनीतिक जीवनमा भूमिका खेलेको उल्लेख गर्दै बाकी जीवन पनि देश र जनताकै सेवामा बिताउने चाहाना रहेको बताउनु भएको छ ।
प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारका दौरान छ्त्रदेव गाउँपालिका वडा नम्बर १ को बड्डाडाडा, चिदिका देबिचौर, नेटा लगायतका स्थानमा आज स्थानीय जनता सङ्ग भेटघाट कार्यक्रममा बोलदै आचार्यले आफू पार्टी अध्यक्ष हुँदा आफ्नै पार्टीका गृहमन्त्रीले चुनढुङ्गा उत्खनन गर्न निर्देशन दिएपछी पार्टी जिल्ला अध्यक्ष पद बाटै राजीनामा दिएर जनता सङ्ग आन्दोलनमा होमिएको उदाहरण पेस गर्दै, जनता र मातृभूमि भन्दा माथि कोही हुन नसक्ने बताउनुभयो ।
नेकपा एमाले र माओवादी केन्द्रको राम्रो सङ्गठन रहेको अर्घाखाँचीको क्षेत्र नम्बर १ मा संयुक्त बाम गठबन्धनको साझा उमेदवारको रूपमा आफ्नो उम्मेदवारी रहेकोले दुई तिहाई मतका साथ विजयी हुन आफूलाई कुनै कठिनाइ नभएको भन्दै विजय उत्सव मनाउन समर्थकलाइ तयार रहन आग्रह गरे ।
त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक चन्द्र खड्का उज्ज्वलले काँग्रेस अहिले बामपंथीहरुलाइ झुठा आरोप लगाएर झुठको राजनीतिमा व्यस्त देखिएको र एजेन्डा बिहिन जस्तो देखिएकोले बाम गठबन्धन बाट छटपटाउनु या अतालिनु आवश्यक नरहेको बताउनु भयो, गाउँ गाउमा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ता एउटै पार्टीका कार्यकर्तामा जस्तै आत्मियता बढेको पाएकोले अब छिट्टै पार्टी एक हुने बताउँदै यो उत्साह र स्थिर सरकार अनि समुन्नत नेपाल निर्माण अभियानमा सहयोग पुर्याउन बाम गठबन्धनका उमेदवारहरुलाइ मत दिन आग्रह गर्नुभएको थियो , कार्यक्रममा नेकपा एमाले र माओवादी केन्द्रका विभिन्न नेताहरूको आतिथ्यता रहेको थियो ।