काठमाडौंमा एकैदिन थपिए ४४५ कोरोना संक्रमित - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

काठमाडौंमा एकैदिन थपिए ४४५ कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ४४५ संक्रमित थपिएका हुन् ।

बिहीबार काठमाडौंमा ३५७ जना, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बुधबार काठमाडौंमा ३५० जना, भक्तपुरमा ९ र ललितपुरमा २९ जना गरी ३८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

मंगलबार काठमाडौं ३९३ जना, भक्तपुरमा ३० र ललितपुर ५८ जना गरी ४८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो

सोमबार काठमाडौं १९० जना, भक्तपुरमा ४१ र ललितपुर ६७ गरी २९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

आइतबार काठमाडौं ३७२ जना, भक्तपुरमा ४५ र ललितपुर १२ गरी ४२९ कोरोना संक्रमित थपिएका थिए ।

शनिबार काठमाडौंमा १५५ जना, भक्तपुरमा १२ र ललितपुर १९ जनाम गरी १८६ जना कोरोना संक्रमण देखिएको थियो ।