कोरोना अपडेट: ज्यान गुमाउने लाख नजिक, यस्तो छ पछिल्लो अवस्था - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

कोरोना अपडेट: ज्यान गुमाउने लाख नजिक, यस्तो छ पछिल्लो अवस्था



एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढदै गएको छ।

यो समाचार तयार पार्दा (बिहीबार साँझ)सम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या संसारभर ९० हजार पुगेको छ। १५ लाख ३९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा हालसम्म ४ लाख ३५ हजार ९ सय ४१ जना संक्रमित भएका छन् भने १४ हजार ८ सय ६५ जनाको मृत्यु भएको छ।

यस्तै युरोपेली मुलुकहरुमा पनि कोरोनाको प्रकोप भयावह देखिएको छ। स्पेनमा १ लाख ५२ हजार ४ सय ४६ जनामा कोरोनाको संक्रमण देखिएको छ भने १५ हजार २ सय ३८ जनाको मृत्यु भएको छ।

हालसम्म इटालीमा सबैभन्दा धेरै १७ हजार ६ सय ६९ जनाको कोरोनाबाट मृत्यु भएको छ भने १ लाख ३९ हजार ४ सय २२ जनामा संक्रमण पुष्टि भएको छ।

अन्य देशहरु जर्मनी, फ्रान्स, इरान, बेलायत, टकी, बेल्जियम, स्वीट्जरल्याण्ड लगायतका देशमा पनि कोरोनको प्रकोपले भयावह रुप लिएको छ।