गगन र विश्वप्रकाश अगाडी, निकै पछि परे प्रदीप: यस्तो छ पछोल्लो परिणाम - Himal Post Himal Post
  • २३ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 7 2025
Logo

गगन र विश्वप्रकाश अगाडी, निकै पछि परे प्रदीप: यस्तो छ पछोल्लो परिणाम



नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् ।

१०७५ मत गन्दा गगनले ६७३ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले ४३४, प्रकाशशरण महतले ३५३, प्रदीप पौडेलले ३४२ र मीनेन्द्र रिजालले १९४ र राजाराम कार्कीले ३८ मत प्राप्त गरेका छन् ।

महामन्त्रीका २ पदका लागि ६ जनाबीच प्रतिस्पर्धा छ। सभापति शेरबहादुर देउवाको टीमबाट प्रकाशशरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइरालाको टीमबाट मिनेन्द्र रिजाल र गगन थापा छन्।

त्यस्तै, प्रकाशमान सिंहको टीमबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको टिमबाट राजाराम कार्की प्रतिस्पर्धामा छन्।

कांग्रेस उपसभापतिमा देउवा टीमका पूर्णबहादुर खड्का र डा. कोइराला टीमका धनराज गुरुङ निर्वाचित भइसकेका छन्।

सोमबार भएको मतदानमा ४६७९ मत खसेको छ। महाधिवेनमा ४७४३ मतदाता थिए।

कांग्रेसमा शेरबहादुर देउवा सभापति, तथापूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा निर्वाचित भइसकेका छन्।