घट्दैछन नेपालमा संक्रमित: आजको यस्तो छ अवस्था
काठमाडौं- आज मंगलबार पनि पछिल्लो २४ घण्टामा नेपालमा २०४ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक गर्ने अपडेटमामा नेपालमा संक्रमित थपिएको बताइएको हो । यससंगै नेपालमा हालसम्म संक्रमितको संख्या १६१६८ पुगेको छन् ।
कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ७४९९ पुगेको छ । नेपालमा ३५ जनाको कोरोनाकै कारण मृत्यु भैसकेको छ ।
पछिल्ला केहिदिन नेपामा हरेक दिन सयौंको संख्यामा संक्रमित थपिने क्रम जारी छ । भारतबाट नेपाल भित्रिनेहरूको संख्या पनि दिन प्रतिदिन बढ्दो छ भने कोरोनाको कहर पनि दिनप्रतिदिन बढ्दै छ ।
हरेक दिन ठुलो संख्यामा कोरोना संक्रमित भेटिन थालेपछि नेपालको अवस्था नाजुक बन्दै गैरहेको छ । एकातिर क्वारेन्टाइनबाट नै संक्रमण फैलिएको छ भने अर्कातिर अस्पतालमा आइसोलेसनको अभाव भैरहेको छ ।