युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा २५ लाख रूपैयाँ ‘सिड मनी’ को व्यवस्था - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा २५ लाख रूपैयाँ ‘सिड मनी’ को व्यवस्था



काठमाडौं । सरकारले युवा उद्यमीलाई १ प्रतिशत ब्याजदरमा २५ लाख रूपैयाँ दिने गरी ‘सिड मनी’ को व्यवस्था गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले त्यसका लागि १ अर्बको च्यालेञ्ज फण्ड स्थापना गरिएको घोषणा गरे । सहुलियतपूर्ण कर्जा ५ प्रतिशतसम्ममा २५ लाखसम्म दिने व्यवस्था बजेटमा व्यवस्था गरिएको छ ।

बजेटमा ल्यापटप खरिदका लागि ८० हजारसम्म कर्जाको व्यवस्था गरिएको छ । त्यस्तै एक थान सिम कार्ड खरिदको नि:शुल्क व्यवस्था मिलाइएको छ । पुन:कर्जालाई निरन्तरता दिइएको छ ।